Syangja Dainik Media
बोलेरो जीप दुर्घटना, ३०० कुखुरा मरे

स्याङ्जाको भीरकोट नगरपालिका – १ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा बोलेरो जीप दुर्घटना भएको छ ।

सोमबार बिहान दाङबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ६४३३ नम्बरको बोलेरो जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

बोईलर कुखुरा बोकेको उक्त जीपमा रहेका ४५० कुखुरामध्ये ३०० मरेका छन् भने दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले निरीक्षक तिवारीले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update