
नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार ६३ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरेको छ । सरुवासङ्गै दधिराम न्यौपानेलाई स्याङ्जा प्रहरीको जिम्मेवारी दिइएको छ भने स्याङ्जाका प्रमुख शालिग्राम शर्माको काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेन्स शाखा रानीपोखरीमा सरुवा भएको छ ।
गण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्कीका अनन्त राम शर्मालाई सिरहामा सरुवा गरिएको छ भने नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाडौंका अनुपम श्रेष्ठलाई पश्चिम नवलपरासी सरुवा गरिएको छ ।
बागलुङमा तिलक भारती आएका छन् । सिरहाका रमेश पण्डित गण्डकी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा, पोखरामा आएका छन् । पाल्पामा ईन्टेलिजेन्स शाखा रानीपोखरीबाट पवनकुमार भट्टराई आएका छन् ।
लागू औषध नियन्त्रण ब्यूरो, अपराध अनुसन्धान तथा कारबाही शाखा, काठमाडौंबाट नारायणप्रसाद अधिकारीको गुल्मीमा सरुवा गरिएको छ ।
चितवनमा गोविन्द पुरी, झापामा राजन लिम्बु, रुपन्देहीमा प्रदीप कुमार क्षेत्री, बाँकेमा रामकुमार घर्ती, कञ्चनपुरमा खड्गकुमार खत्री, धनुषामा नरहरी रेग्मीको सरुवा भएको छ ।
त्यस्तै, रौतहटमा नेत्रमणि गिरी, कैलालीमा बालनरसिंह राणा, गोरखामा भरत विक, सर्लाहीमा योगेन्द्रसिंह खड्का, सिन्धुलीमा लालध्वज सुवेदी, धनकुटामा शरदकुमार शाह क्षेत्री, सुर्खेतमा सुधीरराज शाही, अनुपम श्रेष्ठ पूर्वी नवलपरासी, कोमल शाह काभ्रेपलाञ्चोक र महोत्तरीमा हेरम्ब शर्माको सरुवा भएको छ ।
सरुवा सुची: