जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्व अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्व अध्यक्ष विक्रान्त कुमार श्रेष्ठलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई कार्यकक्षमा दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार नगर प्रमुखको कार्यकक्षमा रेग्मीलाई दुर्व्यवहार गरेका श्रेष्ठलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
नगर प्रमुख रेग्मीको निवेदनका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ २१:५४
प्रतिक्रिया दिनुहोस्