Syangja Dainik Media
स्याङ्जा आईसीसी कपको उपाधी विरुवालाई

स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ को उपाधी विरुवा गाउँपालिकाले जितेको छ ।

विरुवाले पुतलीबजारलाई ३-२ को सेटमा २३-२५, १९-२५, २९-२७, २५-१० र १५-१२ अङ्कले पराजित गर्दै उपाधि जितेको हो। उपाधि जितेसङ्गै विरुवाले एक लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो। उपविजेता पुतलीबजारले भने कप, मेडल र प्रमाणपत्रसहित एक लाख रुपियाँमा चित्त बुझाएको हो।

Ismt_Pokhara

वालिङ् खेलमैदानमा भएको उक्त प्रतियोगितामा भीरकोटले कालीगण्डकीलाई ३-२ को सेटमा पराजित गर्दै तृतीय भएको हो। भीरकोटले कालीगण्डकीलाई २५-२२, १६-२५, २५-२१, २२-२५ र १५-११ अङ्कले पराजीत गरेको हो। 

प्रतियोगितामा तृतीय भएको भीरकोटले ५० हजार र सान्त्वना कालीगण्डकीले २५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पाएको हो।

प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडी अमृत केसी ( बिरुवा ), उत्कृष्ट स्पाइकर सन्जु बिक्रम शाह ( पुतलीबजार ), उत्कृष्ट सेटर मिलन राना ( बिरुवा ), उत्कृष्ट ब्लकर संजोग परियार ( बिरुवा ), उत्कृष्ट क्वीकर कमल सुनार ( बिरुवा ), उत्कृष्ट सर्भर देवेन्द्र परियार ( पुतलीबजार ), बेस्ट डिफेन्डर जित बहादुर नेपाली ( भीरकोट ) र उदयमान खेलाडी सुशील खड्का ( भीरकोट ) लाई नगदसहित पुरस्कृत गरिएको खेल संयोजक प्रकाश श्रेष्ठले बताए। 


'समृद्ध स्याङ्जाको लागि विश्व अभियान' भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता वालिङ् खेलमैदानमा शुक्रबारदेखि सुरु गरिएको थियो । 


स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगतामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको थियो। भलिबल प्रतियोगिता  लिग अनुसार खेलाइएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update