Syangja Dainik Media
गल्याङ नगर अस्पतालको उद्घाटन

स्याङ्जाको गल्याङ नगरपालिका -३ बल्पुकमा 'नेपाल – भारत विकास सहकार्य' बाट निर्मित १५ सैयाको गल्याङ नगर अस्पतालको उद्घाटन भएको छ ।

 

भारत सरकारको ४ करोड १३ लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण गरिएको नगर अस्पतालको शुक्रबार उद्घाटन गरिएको हो । नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटि र गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सुविधा सम्पन्न अस्पताल भवनको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

Ismt_Pokhara

 

कार्यक्रममा नेपालमा अप्ठ्यारो पर्दा सधैं भारत सरकारको सहयोग रहँदैआएको बताउँदै प्रथम सचिव सिंहले भारतमा गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष भारत सरकारले नेपालमा स्कुल बस र एम्बुलेन्स प्रदान गर्दैआएको बताए ।

 

भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई 'उच्च प्रभाव सामुदायिक विकास परियोजना'को रुपमा अघि बढाइएको थियो । यो परियोजनाको जिल्ला समन्वय समिति स्याङ्जामार्फत कार्यान्वयन गरिएको थियो ।

 

सन् २०१० मा नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले एउटा सानो भाडाको घरमा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेका थिए ।

 

गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा परिणत गरिएको छ ।

 

बिरामीमैत्री र सुविधा सम्पन्न गराइएको अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्दै आएको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update