Syangja Dainik Media
अर्जुनचौपारीमा बिहानै गोठमा आगोलागी

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -२ स्थित तल्लो खाल्टेमा आज बिहानै गोठमा आगोलागी भएको छ । आगोलागीबाट गोठमा क्षति भएपनि चौपायाहरु सुरक्षित रहेका छन् ।

आइतबार बिहान स्थानीय भीमबहादुर अधिकारीको ढुङ्गामाटोले बनेको कच्ची गोठमा आगोलागी भएको हो । स्थानीय र युवाहरुको सहायतामा गोठमा भएका भैंसी, बाख्राहरु भने सुरक्षित रुपमा सारिएको थियो ।

Ismt_Pokhara

अधिकारीकी श्रीमती ज्ञान कुमारीले बिहान उठेर अगेनाबाट खरानी उठाएर गोठको पालीमुनी बोरामा राखेकोमा उक्त बोरामा भएको खरानीबाट आगो निस्किएर पाली हुँदै गोठमा सल्किएको हो । आगोलागीबाट गोठमा क्षति भएको छ ।

aagolagi2-(1)-1730615718.jpg

खरानीको बोरा राखेको ठाउँमा मकैका खोस्टा र सुकेको दाउरा समेत सल्किँदै जाँदा गोठमै आगोलागी भएको थियो । गोठको माथिल्लो भागमा रहेका परालका भारीहरुले आगो निभाउन कठिनाई भएतापनी करिब ३० जना युवाहरु त्यहीँ नजिकैको खेलमैदानमा भएकोले तुरुन्तै गई आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

घरधनी अधिकारी भने दुई दिन अघि मात्र भाइटीका लगाउन बुटवल गएका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update