Syangja Dainik Media
बुधबार वालिङ् नगरपालिकामा शोक बिदा
Ismt_Pokhara

स्याङ्जाको वालिङ् नगरपालिकाले वडा सदस्य एवं नगरसभा सदस्य तारा प्रसाद पराजुलीको निधनमा बुधबार शोक बिदा दिने निर्णय गरेको छ ।

मृत्यु भएका पराजुलीको शोकमा वालिङ् नगर कार्यपालिकाको कार्यालय र सम्पुर्ण वडा कार्यालयहरुमा बुधबार एक दिन शोक बिदा दिने निर्णय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

वालिङ् नगरपालिका वडा नं. ११ का सदस्य पराजुलीको ५९ वर्षको अल्पायु उमेरमै आज असामयिक निधन भएको हो । उनको आज नै कालीगण्डकी तट राम्दीमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update